Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

    चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ ।

    अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरेका छन् ।



    निर्माण टिमले चलचित्रमा गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । निर्माण टिमका अनुसार उक्त चलचित्र आगामी मंसिर १५ गतेबाट प्रदर्शन हुने छ ।



    चलचित्रका निर्माता विनोद लामाले चलचित्रलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै प्रदर्शन गर्ने बताएका छन् । हलमा प्रदर्शनपश्चात चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पुर्‍याउने अभियान सुरू गर्ने लामाले बताएका छन् ।

    एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

    https://youtu.be/6X2crmZ2WLY

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार