Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले र गठबन्धनका कार्यकर्ताबीच दार्चुलामा कुटाकुट, एकजना गम्भीर घाइते

    एमाले र गठबन्धनका कार्यकर्ताबीच दार्चुलामा कुटाकुट, एकजना गम्भीर घाइते

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 2.2K
    SHARES

    दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

    चुनाव प्रचारका क्रममा विवाद हुँदा उनीहरुबीच दोहोरो झडप भएको हो ।



    झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । उनको टाउकोमा रड प्रहार गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार