Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जसपा नेता अशोकलाई मत माग्दै सशस्त्रका डीआईजी गणेश

    जसपा नेता अशोकलाई मत माग्दै सशस्त्रका डीआईजी गणेश

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 1.4K
    SHARES

    इटहरी । सुनसरी–१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका अशोककुमार राईलाई मत माग्न सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगर सक्रियताका साथ लागिपरेका छन् ।

    मधेश प्रदेशका डीआईजी ठाडामगर प्रदेश नम्बर १ को सुनसरी पुगेर राईलाई मत हाल्न जनजाति समुदायलाई आग्रह गरेको स्रोतको दाबी छ । उनी महोत्तरीको बर्दिबास स्थित नम्बर २ बाहिनीको कार्यालयबाट शनिबार गई सुनसरीको एक होटलमा बसेर जनजाति समुदायका प्रभावशाली व्यक्तिलाई भेटेर राईको पक्षमा लाग्न आग्रह गरेको पनि स्रोतको दाबी छ ।



    स्रोतका अनुसार डीआईजी ठाडामगर जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रहमा सुनसरी गएका हुन् । ठाडामगर राईलाई मत माग्न सुनसरी पुगेको रिपोर्टिङ सशस्त्र मुख्यालयसमक्ष पुगेको छ ।



    प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो उम्मेदवार छन् । माओवादीका मेन्याङ्बोलाई कांग्रेसले चुनावी मैदान खाली गरिदिँदा एमालेले पनि आफ्नो ‘लालकिल्ला’ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईलाई छाडिदिएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार