Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतमा प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

    भारतमा प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

    फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।



    अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् । मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् ।



    तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर राम्रो कमाइ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार