Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

सिरहा । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स.८ प.२२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेका बेला इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने

क्रममा उनीहरूको साथबाट २९ हजार नगदसहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077