Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आफ्ना विद्यार्थीहरुलाई जागिर दिन आईएसएमटी कलेजले गर्यो ‘जब फेयर’ को आयोजना, १४ कम्पनीको सहभागिता

    आफ्ना विद्यार्थीहरुलाई जागिर दिन आईएसएमटी कलेजले गर्यो ‘जब फेयर’ को आयोजना, १४ कम्पनीको सहभागिता

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आईएसएमटी कलेजले पहिलो पटक आयोजना गरेको ‘आईएसएमटी जब फेयर २०२२’ मा १४ वटा कम्पनी सहभागी भएका छन् ।

    विजिनेस र आईटीका विद्यार्थीलाई केन्द्रित गरेर पहिलोपटक ‘आईएसएमटी जब फेयर २०२२’ आयोजना गरिएको कलेजले जनाएको छ ।



    विद्यार्थीलाई पढाइ मात्रै नभएर पढेका कुरालाई व्यवहारिक ज्ञानमा उतार्ने अवसर दिन फेयरको आयोजना गरिएको कलेजले जनाएको छ ।



    जब फेयरमा डिसहोम, सेलकम, सिप्रदी, सजिलो सेवा, पीटेक, नारायणी अटो विजनेस, फुडमाण्डु, एफआईसफ्ट, लिपफ्रग, मेगाटेक, सोर्सकोड, एबीसी र सेल्सबेरी गरी १३ वटा कपनीले सहभागिता जनाएका थिए ।

    त्यसैगरी फेयरमा कलेजले आफ्नो पनि एउटा स्टल राखेको थियो ।

    यसमा विभिन्न कम्पनीबाट आएका प्रतिनिधिले विद्यार्थीको अन्तर्वार्ता लिएका थिए। कार्यक्रममा अन्तिम वर्षका विद्यार्थीलाई केन्द्रित गरिएको कलेजको भनाई छ ।

    कलेजमै जागिरको अवसर भएकाले बाहीरबाट ल्याउनु भन्दा आफ्नै विद्यार्थीलाई अवसर दिन फेयर आयोजना गरिएको पनि कलेजले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार