Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • निर्वाचनलाई लक्षित गर्दै सरकारले दियो सार्वजनिक विदा

    निर्वाचनलाई लक्षित गर्दै सरकारले दियो सार्वजनिक विदा

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।

    मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।



    निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।

    गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

    त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

    यस्तो गृह मन्त्रालयको पत्र : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार