Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम माैका

    पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम माैका

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 696
    SHARES

    फाइल फोटो

    काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले २५ कार्तिकबाट सर्वसाधारणहरूका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा आवेदकले आजको बैंकिङ समयसम्ममा आवेदन दिनुपर्नेछ ।



    सीडीएससीका अनुसार सोमबारसम्म कुल १० लाख ४४ हजार ८ सय ८ जना आवेदकले १ करोड २४ लाख ३१ हजार ६० कित्ताका लागि आवेदन दिइसकेका छन् । संख्या माग गरिएको आवेदन भन्दा २.४१ गुणा बढी हो।



    हाईड्रोपावरले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरको ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर निष्कासन गरेकाेमा त्यसकाे ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित गरि र कुल निष्कासनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेकाे छ ।

    बाँकी ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

    यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार