Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मेयर बालेन र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, फोहर व्यवस्थापनको विषयमा छलफल

    मेयर बालेन र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, फोहर व्यवस्थापनको विषयमा छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 660
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र जर्मनका राजदूत डा.थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।

    मङ्गलबार प्रमुख शाहको कार्यकक्षमा भएको भेटवार्तामा फोहरको दिगो व्यवस्थापनका विषयमा छलफल भएको हो ।



    भेटका क्रममा प्रमुख शाहले, फोहरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए।



    राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि प्रमुख शाहले आफ्नो योजना सुनाएका थिए।

    फोहरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत महानगरलाई सहयोग गरेको थियो।

    राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए। उनले शहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार