Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मंसिरमा बैंकको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय

    मंसिरमा बैंकको ब्याजदर नबढाउने नेपाल बैंकर्स संघकाे निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कमर्शियल बैंकहरुले मङ्सिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स एशोसियसन (एनबिए) को आज मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो।

    बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि कार्तिक महिनाको ब्याजदरलाई नै यथावत राखिएको जनाइएकाे छ ।



    बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। साधारण बचत खातामा १०.३३३ प्रतिशत ब्याज तोकिएको छ।



    निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार