Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • करिष्माले फेसबुकमा पोष्ट गरिन् निहारिका र शिवराजको अन्तरंग तस्बिर

    करिष्माले फेसबुकमा पोष्ट गरिन् निहारिका र शिवराजको अन्तरंग तस्बिर

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 894
    SHARES

    काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले न्यायको माग गर्दै संघर्षरत निहारिका राजपूतको अन्तरंग तस्बिर फेरि आफ्नो फेसबुक वालमा प्रदर्शन गरेकी छन् ।

    आज उनले बिना कुनै टिप्पणी निहारिका र उनका आरोपी शिवराज श्रेष्ठका दुई वटा तस्बिर पोष्ट गरेकी हुन् ।



    एक तस्बिरमा शिवराज निदाइरहेको समयमा निहारिकाले मुस्कानसहितको सेल्फी खिचेकी छिन् भने दोस्रो तस्बिरमा पनि निहारिकाले शिवराजसँगको सेल्फी खिचेको तस्बिर राखिएको छ ।



    निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ । तर, आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् ।

    बलात्कारसम्वन्धी मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन छ । करिश्माले अहिले विना सन्दर्भ तस्बिरहरू राखेपछि आलोचनात्मक प्रतिक्रियाहरू आएका छन् ।

    निहारिका र शिवराजको एउटा तस्बिर करिश्माले आफ्नो फेसबुक अकाउन्टको कभर फोटो नै बनाएकी थिइन् । एक मिनेटपछि कभर फोटो परिवर्तन गरिन् । तर, त्यसपछि फेरि अर्को फोटो पोष्ट गरिन्, जसमा निहारिका र शिवराज एउटै ओछ्यानमा सुतेका छन् । करिश्माले केहीबेरपछि दुवै तस्बिर हटाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार