Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

पर्सा । प्रहरीले पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ।

जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय इजाजत अहमद रहेका छन् ।

भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्।

यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077