Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख रहेको गभर्नर अधिकारीको दाबी

    राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख रहेको गभर्नर अधिकारीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको बताएका छन् ।

    बुधवार नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।



    उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार