Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

    आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।

    बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।



    पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ, डिजेलको चाहिँ प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय ७८ रुपैयाँ छ ।



    नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा भएको निगमले जनाएको छ । आर्इओसीले १५(१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची पठाउने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार