Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेप्से सूचक २५ अंकले बढ्यो, कारोबार रकममा पनि बढोत्तरी

    नेप्से सूचक २५ अंकले बढ्यो, कारोबार रकममा पनि बढोत्तरी

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 678
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारमा २५ अंकले बढेको छ । बिहीबार बजार २५.५७ अंकले बढेर साताको बजार बन्द भएको हो ।

    बजार परिसूचक १.३४ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.१९ प्रतिशतले बढेर ३८१.०६ मा उक्लिएको छ ।



    यस्तै उप-समूहतर्फ १३ ओटै परिसूचकको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै हाइड्रोपावर समूह ३.१४ प्रतिशतले बढेको छ । बजारसँगै आज कारोबार रकमपनि बढेको छ।



    बिहीबार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २ सय ८६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर २७ हजार २ सय ३१ पटकमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको कारोबारमा ८५ करोडको सेयर खरिद बिक्री भएको थियो ।

    आज सबैभन्दा धेरै सिकलेस हाइड्रो र सयपत्री हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर सबैभन्दा धेरै तीन प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार