Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस उपसभापति खड्काले भने – ओलीको अहंकार र दम्भ अझै रोकिएको छैन

    कांग्रेस उपसभापति खड्काले भने – ओलीको अहंकार र दम्भ अझै रोकिएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को चुनाव अग्रगमन र प्रतिगमन बीचको लडाइँका रुपमा रहेको बताएका छन् ।

    बिहीबार वीरेन्द्रनगरको घण्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले यस्तो बताएका हुन् ।



    उनले केपी ओलीको प्रतिगमनलाई साथ दिने कि सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए ।



    खड्काले ओलीको अहंकार र दम्भ अझै नरोकिएको टिप्पणी गरे । खड्काले भने, ‘ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो,

    सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढिरहेका छन्, त्यसको विरुद्धमा जनताले मतदान गर्नुपर्छ ।’

    सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्काले संविधान निर्माणका क्रममा ओलीहरूले आफैले गरेको हस्ताक्षर विपरीत संसद विघटन गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार