Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जापानमा बुटवल घर भएकी एक महिलाको चक्कु प्रहारबाट हत्या

    जापानमा बुटवल घर भएकी एक महिलाको चक्कु प्रहारबाट हत्या

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जापानमा एक नेपालीको चक्कु प्रहार गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको हो ।

    चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।



    प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याइए पनि मृत्यु भएको थियो ।



    प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताइएको छ । स्थानीय प्रहरीले अभियुक्तको खोजतलास तीव्र बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार