Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बन्द रहने

    शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बन्द रहने

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै सरकारले आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ ।

    शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् ।



    गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।



    सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

    देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार