Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक सापकोटालाई आयोगले सोध्याे स्पष्टीकरण

    रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक सापकोटालाई आयोगले सोध्याे स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 861
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ ।

    सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले आयोगले चौबीस घण्टे स्पष्टीकरण सोधेको हो ।



    निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने”व्यवस्था छ ।



    उनलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    (क) तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण के छ ?

    (ख) तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १० को खण्ड (क) र (ज) को उल्लङ्घन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार