Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात

    साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात गरेको छ ।

    प्राधिकरणले जेठदेखि कात्तिक महिनासम्म १० अर्ब ३८ करोड ९६ रुपैयाँको विद्युत निर्यात गरेको हो।



    देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको छ ।



    प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    आइएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ ।

    त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार