Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिका पठाइदिने भन्दै ११ लाख कुम्ल्याउने कन्सलटेन्सी संचालक बस्नेत पक्राउ

काठमाडौं । वर्किङ भिषामा अमेरिका र बेलायत पठाई दिन्छु भनि ठगी गर्ने कन्सलटेन्सीका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलिसडक स्थित रेडजोन फाउन्डेसन नामक कन्सलटेन्सी संचालन गरी बस्ने तिलक बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

संचालक बस्नेतले  विभिन्न व्यक्तिहरुलाई वर्किङ भिषामा अमेरिका, बेलायत लगायतका देश पठाइदिने भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेकोप्रहरीले जनाएको छ ।

उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका बस्नेतमाथि ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय परिसर टेकु पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077