Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बर्दियाबाट हातहतियार सहित तीन जना पक्राउ

बर्दिया । प्रहरीले बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन् ।

उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर

चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा शुक्रबार बिहान रत्न बहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेम बहादुरको घरबाट

बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट भरुवा बन्दुक १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077