Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामाको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख फेला पारेको हो ।

महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ।

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ। बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077