Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पक्राउ परेका उम्मेदवार दीपक निरौला भन्छन्– बिरामी भेट्दै थिएँ, अनावश्यक हल्ला गरियो

काठमाडौं । पैसा वितरण गरेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रहरी नियन्त्रणमै रहेका उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । निरौलाले बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जलमार्फत भनेका छन्, ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ।’

आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् ।

शुक्रबार साँझ पैसा वितरण गर्न लागेको आरोपमा उनीसहित एमालेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077