Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी बनाउन छुट्टै संयन्त्र परिचालन

    बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी बनाउन छुट्टै संयन्त्र परिचालन

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 720
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी पार्नका लागि छुट्टै संयन्त्र परिचालन गरेको छ। यस्ता, गतिविधिमा संलग्न व्यक्ति र सहयोग गर्ने कर्मचारीलाई तत्कालै कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र परिचालन गरिएको हो ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोज्नेलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र खटाइएको बताए।



    उनले भने, ‘अवाञ्छित गतिविधिमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित गराउन खोज्नेहरू र त्यसलाई सहयोग पुर्‍याउनेहरूलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र परिचालन गरेका छौँ।’



    मतदानका लागि निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ। आयोगका अनुसार १ सय ४१ अस्थायी मतदानस्थल समेत छन्।

    त्यस्ता मतदानस्थलबाट कैदी,कर्मचारी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

    गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सुचीमा राखेको छ। यस्तै ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम स्थल संवेदनशील सुचीमा समावेश छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार