Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शहरी विकासमन्त्री चौधरीलाई २५ हजार र स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार जरिवाना

    शहरी विकासमन्त्री चौधरीलाई २५ हजार र स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार जरिवाना

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले बहालवाला दुई जना मन्त्रीलाई जरिवाना गराउने निर्णय गरेको छ ।

    आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।



    बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।



    मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।

    आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना गराएको आयोगले जनाएको छ ।

    यस्तै आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै मन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । उनले वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेका थिए ।

    निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार