Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • तीन दिनमा ‘दृश्यम २’ को ३६ करोड व्यापार

    तीन दिनमा ‘दृश्यम २’ को ३६ करोड व्यापार

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दृश्यम २’ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

    फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।



    ‘दृश्यम २’ ले १५ करोड ३८ लाख भारतीय रुपैयाँमा ओपनिङ गरेको थियो। योसँगै अजय देवगनको फिल्म यस वर्षको ‘ब्रह्मास्त्र’ पछि बलिउडको दोस्रो ठूलो ओपनर बन्यो।



    दोस्रो दिन शनिबार फिल्मले २१ करोड ५९ लाख भारु कमाएको छ भने तेस्रो दिन २७ करोड १७ लाख भारु कमाएको छ।

    भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा ६४ करोड १४ लाख भारतीय रुपैयाँ कमाएको छ।

    चलचित्रको सो बढेपछि दृश्यम २ धेरै ठाउँमा हाउसफुल भइरहेको छ ।

    यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। अभिषेक पाठक निर्देशित यस फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार