Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अभिनेत्री ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

    अभिनेत्री ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

    ऋचाले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन् । अवार्डको घोषणा हालसालै भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुनेछ ।



    ऋचाले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताएकी छिन् ।



    अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

    साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ ।

    साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ । त्यही रकम जुटाउन ऋचाको चरित्रले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय बनाएको छ ।

    सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार