Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चार दिनपछि खुलेको शेयर बजार ७ अंकले घट्यो

    चार दिनपछि खुलेको शेयर बजार ७ अंकले घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 753
    SHARES

    काठमाडौं । निर्वाचनपछि आज खुलेको शेयर बजारमापक नेप्से परिसूचक सामान्य घटेको छ।

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अङ्कले ओरालो लागेर १९२९.७० को विन्दुमा रोकिएको हो ।



    आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १३२ कम्पनीको स्क्रिप्टको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य कुनै परिवर्तन नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।



    आज १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमा ३७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका छन् । घटेको बजारमा पनि जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त सयपत्री हाइड्रो, सिद्धार्थ इक्वीटीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ ।

    नेपाल बैंकको सेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार