Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • उत्तर कोरिया : मिसाइल परिक्षणको क्रममा किन किमले छोरीसँग हात मिलाएर उभिए

    उत्तर कोरिया : मिसाइल परिक्षणको क्रममा किन किमले छोरीसँग हात मिलाएर उभिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 942
    SHARES

    एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन आफ्नी छोरीसँग पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् ।

    यससँगै उनीसँग छोरी भएको लामो समयदेखि चलिरहेको हल्ला पनि पुष्टि भएको छ ।



    शुक्रबार किम जोङ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निरीक्षण गर्न पुग्दा उनकी छोरी पनि उनीसँगै थिइन् । उनको छोरीको नाम किम चु आय रहेको खुलेको छ ।



    मिसाइल परिक्षणको क्रममा बाबु छोरी हातमा हात मिलाएर उभिए । अमेरिकाले यस मिसाइल परीक्षणको आलोचना गरेको छ। उत्तर कोरिया विश्वको सबैभन्दा रहस्यमय राष्ट्र मध्ये एक हो र त्यहाँका नेता किम जोङ उनको व्यक्तिगत जीवनको बारेमा धेरै जानकारी छैन।

    उत्तर कोरियाको आधिकारिक समाचार सेवा केसीएनएले किम जोङ उनले छोरीको हात समातेको तस्बिर प्रकाशित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार