Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछाम–१ मा शेरबहादुर कुँवर विजयी

    एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछाम–१ मा शेरबहादुर कुँवर विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1K
    SHARES

    अछाम । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

    योसँगै नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभामा खाता खोलेको छ । श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् ।



    प्राप्त मतपरिणाम अनुसार मन्त्री कुँवरले १९ हजार ५३४ मत ल्याए । एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाए ।



    यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२, हिक्मत कुँवर (माछा) ले १०२ मत, तेज प्रसाद शर्मा (लौरो) ले १७१ र महेन्द्र बोगटी (सुर्यमुखी) ले १७१ मत ल्याए । कूल खसेको मत ४१ हजार ३९२ मध्ये १९७७ मत बदर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार