Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दिपशिखाको आरोप – गगन थापाले घण्टीसँगको सहकार्यमा गठबन्धनका सहयात्री हराए

    दिपशिखाको आरोप – गगन थापाले घण्टीसँगको सहकार्यमा गठबन्धनका सहयात्री हराए

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 921
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) ले कांग्रेस महामन्त्री गगन थापामाथि गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् ।

    बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले महामन्त्री थापाले घण्टीसँग मिलेर गठबन्धनका सहयात्रीहरुलाई हराएको आरोप लगाएका हुन् ।



    सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरे ।



    सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना !
    हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

    उपत्यकामा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार