Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लगातार ओरालो लाग्दै शेयर बजार, कारोबार पनि घट्यो

    लगातार ओरालो लाग्दै शेयर बजार, कारोबार पनि घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 729
    SHARES

    काठमाडौं । बुधबार नेप्से परिसूचक ७.७२ अंकले घटेको छ। आज नेप्से ०.४० प्रतिशतले घटेर १९२१.९९ बिन्दुमा पुगेर बन्द भएको छ।

    नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि कमी आएको छ।



    अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ पुगेको छ।



    यस दिन २२३ वटा धितोपत्रको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ।

    बुधबार सिभिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो।

    कम्पनीको सेयर मूल्य प्रतिकित्ता मूल्य २३४ रुपैयाँ ३० पैसामा बन्द भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार