Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • शेयर बजार साढे ११ अङ्कले बढ्यो, ९२ करोड ५१ लाखको कारोबार

    शेयर बजार साढे ११ अङ्कले बढ्यो, ९२ करोड ५१ लाखको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ ।

    निर्वाचनपछि खुलेको बजारमा लगातार दुई दिन ७÷७ अंकले घटेकोमा तेस्रो दिन ११.५६ अंकले बढ्दै १९३३.५५ अंकमा उक्लिएको हो ।



    यद्यपि, ११ अंकमाथिले बढेको बजारमा आज कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका यस दिन ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।



    अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा १ अर्ब २ करोड माथिको कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर झन्डै ७ प्रतिशत र आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि किसान लघुवित्तको शेयर झन्डै ३ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार