Online Nepal
  • बिहिबार, २२ मंसिर २०७९
  • प्रतिनिधिसभा, समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? [सूचीसहित]

    प्रतिनिधिसभा, समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 252
    SHARES

    काठमाडौं । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणना पनि जारी छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो नम्बरमा छ । निर्वाचन आयोगले उपलव्ध गराएको तथ्यांकअनुसार बिहीबार साँझसम्म नेकपा (एमाले) पहिलो नम्बरमा छ । एमालेले ६ लाख ८३ हजार ७४५ मत पाएको छ ।



    समानुपातिकतर्फ कांग्रेस दोस्रो नम्बरमा छ । कांग्रेसले ६ लाख ४९ हजार ८२४ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ३३ हजार २५१ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ३ लाख ७ हजार ८९० मत प्राप्त गरेको छ ।



    हेर्नुस् कुन दलले कति मत ल्याए :

    एमाले : ६ लाख ८३ हजार ७४५

    कांग्रेस : ६ लाख ४९ हजार ८२४

    रास्वपा : ३ लाख ३३ हजार २५१

    माओवादी केन्द्र : ३ लाख ७ हजार ८९०

    राप्रपा : १ लाख ८० हजार ९३८

    जसपा : ९१ हजार ७७

    जनमत पार्टी : ५४ हजार ७९१

    नेमकिपा : ५२ हजार १४३

    नागरिक उन्मुक्ति : ५१ हजार ११७

    एकीकृत समाजवादी : ४४ हजार ४३७

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार