Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘अन्तरघाती मुर्दावाद’ भन्दै कांग्रेसका नेताको घर बाहिर नाराबाजी

    ‘अन्तरघाती मुर्दावाद’ भन्दै कांग्रेसका नेताको घर बाहिर नाराबाजी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 660
    SHARES

    कास्की । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तरघात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् ।

    उनीहरूले ‘अन्तरघाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए ।



    नेपाली कांग्रेसको झण्डा बोकेका कार्यकर्ताले बाँझपाटन सडकमा निकै बेर नाराबाजी गरेका थिए। कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका हुन्।



    एमालेसँग मिलेर पार्टीका प्रतिनिधि सभा उम्मेदवार तथा जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभा सदस्य उम्मेदवार दीपक गुरुङलाई हराउन लागेको आरोप कार्यकर्ताले लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार