Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एक लाख १५ हजार म्यादी प्रहरी घर फर्किए

    एक लाख १५ हजार म्यादी प्रहरी घर फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीवारदेखि बिदा भएका छन् ।

    देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी बिहीवारबाट बिदा भएका हुन् ।



    छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।



    जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार