Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आदित्य नारायण झाले ‘क्लब फरेनहाइट’मा दर्शक नचाउने

    आदित्य नारायण झाले ‘क्लब फरेनहाइट’मा दर्शक नचाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । आगामी शनिबार १० मंसिर मा ठमेलको क्लब  फरेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ का लागि गायक झा नेपाल आउन लागेका हुन् ।

    कन्सर्टका लागि आदित्य शुक्रबार नेपाल आउनेछन् । आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीत समेत प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका संचालक सोनम शेर्पाले जानकारी दिए ।



    गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् ।



    सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए । आदित्य उदित नारायण झाका छोरा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार