Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

    नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 858
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

    समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता र उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा उजुरी गरेका हुन् ।



    उनले गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।



    गृहमन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार