Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल आइपुगे चर्चित गायक आदित्य नारायण झा

    नेपाल आइपुगे चर्चित गायक आदित्य नारायण झा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । चर्चित गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् । शनिबार ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ का लागि गायक झा भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

    आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीत समेत प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका संचालक सोनम शेर्पाले जानकारी दिए । गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् ।



    सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।



    गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार