Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महोत्तरी - ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरे ।

हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै पाए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए ।

यस्तै नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत र जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077