Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी-१ बाट एमालेका लक्ष्मी महतो निर्वाचित

    गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी-१ बाट एमालेका लक्ष्मी महतो निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.1K
    SHARES

    महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन् ।

    नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन् ।



    प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरे । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए ।



    यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार