Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने भुपेन्द्र प्रहरी फन्दामा

काठमाडौं । श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट भूपेन्द्रलाई पक्राउ गरेको हो ।

उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको मोटरसाइकल बरामद भएको छ ।

यस्तै विभिन्न मितिमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077