Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छलिको रासायनिक मलसहित ट्रक चालक पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल ट्रक चालक पक्राउ परेका छन् ।

बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकमा ल्याइएको मलसहित भारत मझेपुर ग्राम पञ्चायत बोधवा-१२ बस्ने २० वर्षीय धरमेस कुमार पक्राउ परेका हुन् ।

उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको मल फेला परेको थियो ।

बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077