Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लकडाउन र निषेधाज्ञाको विरोधमा चिनियाँ राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

    लकडाउन र निषेधाज्ञाको विरोधमा चिनियाँ राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 654
    SHARES

    एजेन्सी । चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो ।

    सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू सार्वजनिक भएका छन् । त्यहाँका सडकहरूमा सर्वसाधारणले प्रहरीका गाडीमा अवरोध पुर्‍याएका छन् ।



    त्यस्तै राजधानी बेइजिङ र नान्जिङका अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नान्जिङ कम्युनिकेसन युनिभर्सिटीमा सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ ।



    सामाजिक सञ्जाल तथा अनलाइनहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएको पछिल्लो प्रदर्शन निकै दुर्लभमध्येको एक भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार