Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कतार विश्वकप : आज चार खेल हुँदै

    कतार विश्वकप : आज चार खेल हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 756
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का समान दुई–दुई खेल हुँदैछन् ।

    कतारको अल जनौब रंगशालामा पहिलो खेल समूह ‘जी’ मा रहेका क्यामरुन र सर्बियाबीच हुँदैछ। नेपाली समयअनुसार उक्त खेल दिउँसो ३ः४५ बजे हुँदैछ।



    यस्तै दोस्रो खेल साँझ ६ः४५ बजेदेखि समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र घानाबीच हुँदैछ। यस्तै राति ९ः४५ बजेदेखि रंगशाला ९७५ मा विश्वकपको दाबेर ब्राजिलले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।



    यसैगरी अन्तिम खेल राति १२ः४५ बजे पोर्चुगल र उरुग्वेसँग हुँदैछ। यो खेल कतारको कतारको लुसैल रंगशालामा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार