Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनुषा - ४ मा महेन्द्र यादव र रघुवीर महासेठबीच कडा टक्कर, फेरि पछि परे महासेठ

धनुषा । धनुषा-४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ ।

आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड गरिरहेका महासेठ अहिले ६०२ मतले पछाडि परेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि छन् । अलिहेसम्म यादवले २६ हजार ९१४ मत ल्याए ।

महासेठले २६ हजार ३१२ मत पाए । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077