Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • थापाथलीका सुकुम्बासीले गरे घरेलु हतियार प्रदर्शन, मेयर बालेनविरुद्ध नाराबाजी

    थापाथलीका सुकुम्बासीले गरे घरेलु हतियार प्रदर्शन, मेयर बालेनविरुद्ध नाराबाजी

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 987
    SHARES

    काठमाडौं । थापाथलीस्थित बस्ती हटाउन खोजेपछि सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ ।

    सुकुम्बासीहरु हँसिया, लाठीलगायतका घरेलु हतियार बोकेर प्रदर्शनमा उत्रिएका छन्। स्थानीयले बैकल्पिक व्यवस्थाविना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् ।



    अहिले यो क्षेत्रमा सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध नाराबाजी भइरहेको छ ।



    एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

    समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार