Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

    स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल एक खेल अगावै अन्तिम १६ मा

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 963
    SHARES

    काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

    सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डस्लाई १–० ले पराजित गर्दै ब्राजिलले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।



    ब्राजिललाई जित दिलाउन क्यासिमिरोले ८३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । रोडरिगोले दिएको पासमा हाफ भली प्रहार गर्दै क्यासिमिरोले सुन्दर गोल गरेका थिए।



    सोही गोल निर्णायक बन्दा ब्राजिल सुरुआती दुई खेलबाट ६ अंक बटुलेर एक खेल अगावै नकआउटमा पुग्ने दोस्रो टिम बनेको छ।

    यसअघि साविक विजेता फ्रान्स पनि एक खेल अगावै पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुनसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार