Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी, सुरक्षा व्यवस्थामा कडाई

    चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी, सुरक्षा व्यवस्थामा कडाई

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 987
    SHARES

    एजेन्सी । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनको फोटो खिच्न प्रतिबन्ध लगाईएको छ ।



    चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रर्दशन भएको हो ।



    राजधानी बेइजिङ र साँघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत माग गदै प्रर्दशन जारी नै राखेका छन् ।

    चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनिया नागरिकहरुले चीन सरकार विरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार